बारा । बाराको सिम्रौनगढ नगरपालिका ७ झवानीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोही ठाँउस्थित ६० वर्षीया कैलासी राम शुक्रबार दिउँसो आफ्नै धान खेतमा पानी हाल्ने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्कालै स्थानीय क्लिनिकमा उपचारका लागि लगिएको भएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




