बारा । बाराको सिम्रौनगढ नगरपालिका २ नयका टोला बाही टोल बस्ने ३५ वर्षीया रिता देवी यादवलाई प्रहरीले शुक्रबार बेलुकी अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले रिता यादवको घर तलासी गर्दा करिब १ सय ३८ किलो ७ सय ग्राम गाँजा फेला पारेपछि उनी पक्राउ परेकी हुन् ।
प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ र अन्य सम्भावित संलग्नहरूको पहिचान तथा खोज तलास जारी रहेको जनाएको छ ।




