सिराहा । सिराहाको मिर्चैया नगरपालिका ७ जिवा टोलस्थित सडकमा फुलबरियाबाट नरहातर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३३६५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया कुन्ती देवी साहको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




