सर्लाही । सोमबार भएको सरकारी दमनको विरोधमा सर्लाहीमा जेनजी युवा पुस्ताले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सदरमुकाम मलंगवास्थित नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।
जेनजी युवाहरु सडकमा उत्रिएर सोमबारको प्रहरी दमनको विरोध स्वरूप आफ्नो आक्रोश व्यक्त गर्दै कार्यालयमा आगजनी गरेका हुन् । आगजनीका घटनाले आसपासको वातावरण तनावपूर्ण बनाएको छ भने स्थानीय प्रशासनले सुरक्षा कडा बनाएको छ ।
जेनजी युवाहरूले भ्रष्टाचार र बेथितीविरुद्धको आफ्नो विरोधलाई आगोको माध्यमबाट देखाउन खोजेका छन् । प्रहरी प्रशासनले स्थानीयलाई शान्ति र संयम कायम राख्न अनुरोध गरेको छ भने आवश्यक परे थप सुरक्षा तैनाथ गर्ने जनाएको छ ।




