जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि आफ्नो नियमित सेवा प्रवाह गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवाहरू र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाबाहेक अन्य सबै सेवाहरू सुचारु हुने जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा सम्बन्धी सेवाहरूसहितका अन्य सेवाहरू आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने जनाएका छन् ।
दाहालले राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरू तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरू अनिश्चितकालको लागि बन्द रहने पनि जानकारी गराएका छन् ।
मंगलबार जेन–जीको प्रदर्शनको क्रममा विभिन्न कार्यालयहरू एवम् नेताको घरमा आगजनी गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयमा समेत तोडफोड एवम् आगजनी भएको थियो ।




