बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित सडकमा सिमराबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०५७ प ४८७९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शनिबार साँझ दुर्घटना हुँदा चालक काठमाडौं तारकेश्वर नगरपालिका ४ बस्ने २६ वर्षीय जेनिस लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परावानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




