सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका ५ स्थित सडकमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ ।
कुशाहाबाट कदमाहातर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००५ प ५५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका ९ बस्ने अनिल कुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको जिनिस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अन्य १ जनालाई पनि गम्भीर घाइते अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




