महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका ६ धबौली बस्ने ४० वर्षीय राजेश साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । महोत्तरी गाउँपालिका १ सोनखडास्थित पोलमा चढि बत्ति जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




