बारा । बाराको सुवर्ण गाउँपालिका ४ हरदिया टोलकी ६० वर्षीया शान्ति देवी यादवको बुधबार दिउँसो आफ्नै घर आँगनमा विद्युतको तारबाट करेन्ट लागेर मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल, कलैयामा उपचारको क्रममा निधन भएको हो । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।




