रौतहट । रौतहट र सिराहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका २ भुत्तही टोल बस्ने ५४ वर्षीय शेख अमिरूलको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको छतमा सेटरिङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सिराहाको लहान नगरपालिका २३ गढिया बस्ने ३८ वर्षीय बिजेन्द्र सहनीको पनि शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेट लागेको थियो ।
विद्युत सर्ट भई घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले दुवै घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




