बारा । बाराको आदर्शकोतवाल गाउँपालिका ७ ढावा टोलस्थित नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । नहरमा डुबेर २६ वर्षीय भुलावन प्रसाद महतो कोइरीको मृत्यु भएको हो ।
शनिबार दिउँसो सोही ठाउँका कोइरीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




