पर्सा । पर्साको ठोरी गाउँपालिका ४ माडीबस्तीस्थित सडकमा बुधबार बेलुका बीआर २२ बीपी २५१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४० वर्षीय चालक रामजी मुखियाको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका १ का मुखियाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् र उनको उपचार हाल गण्डक हेल्थ केयर, वीरगंजमा भइरहेको छ । प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।




