सिराहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका ५ मिर्चैया बजारबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने ९८ ग्राम १० मिलिग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका ७ बस्ने ४० वर्षीय दुर्गेश कुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया र अन्य प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका झालाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको जनाएको छ ।




