महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानकी ३८ वर्षीया सोभा परियार गम्भीर घाइते भएकी थिइन् ।
घाइते परियारको उपचारका क्रममा शुभस्वास्तिक अस्पताल बर्दिबासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएकी अर्की एक पैदलयात्रीलाई गम्भीर चोट लागेकाले काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




