पर्सा । वीरगन्ज १६ शंकराचार्य गेट नजिकैबाट आइतबार दिउँसो प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
चितवनको रत्ननगर नगरपालिका ८ बागमारा बस्ने २७ वर्षीय कैलाश कार्की सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरूको साथबाट २ ग्राम ५३० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।
वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले कार्की र अर्का युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




