रौतहट । रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको मृत्यु भएको छ । अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा दुई किशोरको मृत्यु भएको हो ।
वडा नं. २ हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




