धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो प्रहरीले ३७ ग्राम ९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सिराहा मिर्चौया नगरपालिका ७ बस्ने २४ वर्षीय निराजन यादव र सप्तरी राजविराज नगरपालिका १ बस्ने ३१ वर्षीय रोहन कुमार सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरसहितको संयुक्त टोलीले सिराहाको बन्दिपुरबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको बा प्र ०३–००२ प २०८७ नम्बरको मोटरसाइकल रोक्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट फेला परेको पदार्थ परीक्षणका लागि पठाइएको छ भने उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जनाएको छ ।




