धनुषा । धनुषाको विदेह नगरपालिका २ दुहबी ब्रम्हस्थान टोलका ५० वर्षीय हरि पण्डितको करेन्ट लागेर मृत्यु भएको छ । उनी गएराति आफ्नै घरको फलामे गेटमा विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए ।
घाइते पण्डितलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




