रौतहट । भौतिक पूर्वाधार विकास कार्यालय रौतहटमा कार्यरत लेखा अधिकृत सुदीप गौतममाथि सोमबार सार्वजनिक रूपमा कालोमोसो दलिएको छ । घटना स्थानीय प्रशासनिक क्षेत्रमा दण्डहीनता बढिरहेको उदाहरणका रूपमा हेरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार, गौतम एक होटलमा बसेका थिए । अचानक बिक्की पाण्डे समूहका केही व्यक्तिहरू भेट्ने बहानामा होटलभित्र पसे र क्याबिनमा उनलाई कालोमोसो दले । प्रारम्भिक जानकारी अनुसार उनीहरूले शारीरिक आक्रमणको तयारी समेत गरेका थिए ।
स्थानीयहरूले यस घटनालाई प्रशासनिक क्षेत्रमा बढ्दो दण्डहीनताको उदाहरण भन्दै कडा कारबाही हुनुपर्ने माग गरेका छन् । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान सुरु गरेको र दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ ।




