पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ देवागुठीस्थित सडकमा बुधबार राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ना ६ त ५०९४ नम्बरको ट्रेलरमा म प्र ०३–०३६ प १०३९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक २५ वर्षीय प्रितम पटेल गम्भीर घाइते भएका थिए ।
स्थानीय प्रहरीका अनुसार, सो ट्रेलर सडकमा रोकेर राखिएको अवस्थामा पछाडिबाट मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते भएका पटेललाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक व्यक्ति पनि घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रेलर र मोटरसाइकल दुबै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




