बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ बाह्रकिलो जंगलस्थित सडकमा बिहीबार बिहान भएको पिकअप गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३–००१ च १९५१ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ८ बस्ने २२ वर्षीय बुद्धि बहादुर रूम्बा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते रूम्बालाई उपचारका लागि निजगढस्थित सामुदायिक प्रसूति गृह अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडीका सहचालक घाइते भएका छन् र उनी सोही अस्पतालमा उपचाररत छन् । प्रहरीका अनुसार, दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




