सप्तरी । सप्तकोशी नगरपालिका १ बस्ने २८ वर्षीय दिपेश परियार बिहीबार बिहान आफ्नै घरमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घटनास्थलका अनुसार, घरमा रहेको कलमा जडित विद्युतीय मोटरबाट करेन्ट लाग्दा परियार गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि स्थानीय नगर अस्पताल कञ्चनपुर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले करेन्ट लागेर मृत्यु भएको घटनाको कारण बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




