धनुषा । जनकपुरधाम उपमहानगरपालिका १३ पिडारी चोकस्थित सडकमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।
ज ७ प ९४९० नम्बरको मोटरसाइकलले ठक्कर दिएको उपमहानगरपालिका १९ बस्ने ७० वर्षीया फुलो देवी यादव गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो, तर उपचारकै क्रममा उनी बिहीबार राति मृत्यु भएकी अस्पताल स्रोतले जनाएको छ ।
प्रहरीले दुर्घटनाका कारण बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




