रौतहट । रौतहटको गुजरा नगरपालिका २ कटानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब ९ ग्राम ३ मिलिग्राम पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १२ बौद्ध बस्ने २० वर्षीय कोमन गुरुङ र सिन्धुलीको मरिण गाउँपालिका ५ बस्ने २१ वर्षीय मनिष घलान रहेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले शनिबार राति उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ परेका दुबै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ ।




