सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, ४५ वर्षीय प्रमोद जैसवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रमोदसहित कुल ७ जनालाई सोमबार राति पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद ९५ हजार ५ सय ३० रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




