बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ स्थित बकुलिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । सोही उपमहानगरपालिका ७ चौधरी टोलमा डेरा गरी बस्ने रामलाल माझीका ३ वर्षीय छोरा दिपक माझी मंगलबार दिउँसो खोलामा डुबेर अशक्त भएका थिए ।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको भएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




