सिराहा । सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका २ रजोखैरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका २७ वर्षीय इन्द्र देव यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर चिकित्सकले बचाउन नसकेका हुन् । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




