सिराहा । सिराहाको सिराहा नगरपालिका ९ गुलरिया टोलका ६० वर्षीय महेन्द्र महतोको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लाग्दा महतो गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




