धनुषा । जनकपुरधाममा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १८ भोईलस्थित सडकमा औरहीबाट जनकपुरतर्फ आउँदै गरेको प्र २–०२–००४ प ९२८४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा सोही उपमहानगरपालिका १४ रजौलका १६ वर्षीय अर्जुन दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक र सवारीमा सवार अर्को एक जनाको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




