बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित सडकमा पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल गए राति अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही उपमहानगरपालिका १५ नयाँबस्ती टोलका २० वर्षीय साजन तमाङ र सवारीमा सवार उपमहानगरपालिका १४ खयरघारी टोलका २२ वर्षीय किरण मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लैजाने क्रममा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




