सप्तरी । सप्तरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका ३ मुसहर्निया बस्ने ४० वर्षीय दिलिप कुमार मण्डलको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मण्डलले सोही ठाउँस्थित बगमई खोलाबाट आफ्नो तरकारी बारीमा पानी लगाउनका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




