पर्सा । वीरगंज महानगरपालिका १४ स्थित सडकमा सोमबार राति रिक्सा र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ‘अन टेष्ट’ लेखिएको रिक्सा र ना ४७ प ५७६६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा बारा घर भएका ५५ वर्षीय मुक्तिनारायण साह गम्भीर घाइते भएका थिए ।
उपचारका क्रममा वीरगंज गण्डकस्थित हेल्थ केयर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




