पर्सा । वीरगन्जमा बिहीबार सशस्त्र प्रहरीले ७४ वर्षीय वृद्धलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका १७ अलौ पोष्ट नजिक प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति अठराहा बस्ने ईस्लाम अन्सारी हुन् । प्रहरीले उनका साथ रहेको झोलाबाट करिब एक किलो ९ सय ८५ ग्राम गाँजा फेला पारेको छ । अन्सारी नेपालबाट भारततर्फ साइकलमा जाँदै थिए ।
सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी विश्वराज योञ्जनका अनुसार, अन्सारीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको वडा प्रहरी कार्यालय श्रीपूरमा बुझाइएको छ ।




