धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ लक्ष्मीनिया चोकस्थित सडकमा शनिबार राति मोटरसाइकल दुर्घटना भएको छ । महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्र २-०२-००५ प ५६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटना हुँदा लोहरपट्टी नगरपालिका ७ महोत्तरी बस्ने ३० वर्षीय अवधेश मण्डल गम्भीर घाइते भएका थिए । घाइते मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




