धनुषा । मिथिला विहारी नगरपालिका १ भुतही पटेर्वास्थित मिर्गी कुण्डमा नुहाउने क्रममा २४ वर्षीय पवन कुमार मण्डल डुबेर मृत्यु भएका छन् ।
भारत विहारको खेहार खिरहर मधुवनी बस्ने पवन कुमार मण्डलको मृत्यु मंगलबार दिउँसो भएको हो । धनुषा प्रहरीले घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान गर्दै तथ्य पुष्टि गरिरहेको जनाएको छ ।




