महोत्तरी । बर्दिबास नगरपालिका ७ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले कृष्णबहादुर तमाङको घरमा छापा मार्दा सिराहा मिर्चैया नगरपालिका ४ का २१ वर्षीय भगवान बाबु साह सहित सात जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरूलाई खेलिरहेको अवस्थामा पक्राउ गरी उनीहरूबाट नगद २ लाख ३६ हजार ५ सय ७५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको छ । पक्राउ परेकामाथि जुवा ऐनअनुसार आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।




