धनुषा । धनुषाको शहिदनगर नगरपालिका २ कमलपुर बत्राही नजिकै टकला बाँधस्थित कमला खोलाको कास घारीबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली १ राउण्ड, तरवार १ थान र खुकुरी १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




