सिराहा । सिराहाको नरहा गाउँपालिका ३ चोहर्वास्थित सडकमा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीय बच्चु महतो कोईरीको मृत्यु भएको छ ।
मधेश प्रदेश ०१–००१ ज ०११२ नम्बरको विङ्गरले स २ प ९५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका महतोको अनुराधा हेल्थकेयर अस्पताल, नयाँ चोहर्वामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर पठाइएको छ । सिराहा प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




