सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
मंगलबार साँझ सोही नगरपालिका १० दशई महाजन टोल बस्ने २० वर्षीय रूपेश सिंहलाई प्रहरीले २ ग्राम १ सय ३० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको पदार्थ प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । यस घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




