सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
किसानहरूले पटक–पटक माग गर्दा पनि र विभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भएपनि हालसम्म रकम भुक्तानी नभएपछि अब आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार धनकौल २ स्थित अन्नपूर्ण सुगर मिल्सले गाउँपालिका स्थापना भएदेखि नै किसानहरूको उखु खरिद गर्दै आएको थियो । क्रसिंङ् सिजन २०७०/७१ देखि २०८१/८२ सालसम्म किसानहरूले बिक्री गरेको उखुको रकम अझै नदिएको उल्लेख छ ।
यसअघि २०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा मिलले केहि दिनमा बाँकी रकम भुक्तानी गर्ने सहमति भएपनि मिल पक्षले हालसम्म कुनै रकम नदिएपछि किसानहरू पुनः प्रशासनमा पुगेका हुन् ।




