महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ५ स्थित सडकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा २८ वर्षीय युवकको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटना हुँदा सुरेन्द्र झाको मृत्यु भएको हो ।
बलवा नगरपालिका ५ बस्ने झा पडौलबाट बलवातर्फ जाँदै गर्दा म प्र ०३–०२–०२५ प ९९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका झाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




