रौतहट । रौतहटको वृन्दावन नगरपालिका ७ धमौरा चोक नजिक सोमबार दिउँसो मोटरसाइकल ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ ।
चपुरबाट धमौरातर्फ जाँदै गरेको म प्र ०३–०३१ प ८०१४ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी ७० वर्षीया दुखिया देवी, स्थायी ठेगाना सोही नगरपालिका ७ सखुअवा टोल, लाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी दुखिया देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




