सिराहा । सिराहाको नरहा गाउँपालिका ३ खोरीया चौहर्वास्थित सडकमा शनिबार बेलुकी मोटरसाइकल ठक्करबाट कल्याणपुर नगरपालिका १२ बेलाकट्टी बस्ने ४६ वर्षीया धनेशरी देवी सदा गम्भीर घाइते भएकी थिइन् ।
घाइते धनेशरी देवीलाई तत्काल प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
घटना गराएको ज १० प ४०३ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाको कारण र अन्य तथ्याङ्क पत्ता लगाउने उद्देश्यले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




