सर्लाही । बरहथवा नगरपालिका १ स्थित बागमती खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीको हरिहरगढी गाउँपालिका ४ घर भएका ४३ वर्षीय मानबहादुर वाईबा आइतबार बिहान स्थानीयले खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल पुगेपछि शव उठाई आवश्यक प्रक्रिया पूरा गरेको छ । घटनाको कारण खुलेको छैन र पोष्टमार्टम रिपोर्टपछि मात्र वास्तविक तथ्य सार्वजनिक हुने प्रहरीले जनाएको छ ।




