जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिका ५ बहुर्अवा बगनिया चौरस्थित सिँचाइ नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने ६५ वर्षीया आशा देवी कर्ण सोमबार बिहान नहरमा मृत भेटिएको जिल्ला प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले शव उठाएर आवश्यक अनुसन्धान अघि बढाएको छ । मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




