बारा । बाराको कलैया उपमहानगरपालिका क्षेत्रमा सोमबार सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका २४ श्रीपुर बेलवाडीस्थित सडकमा प्र.०२-०३-०१८ प ३६९५ नम्बरको मोटरसाइकलाई प्रदेश २-०३-०१ त २६७६ नम्बरको ट्याक्टरले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक निजगढ नगरपालिका ९ ठाडोलाईन बस्ने ३६ वर्षीय मिलन मैनालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी बारा, कलैया उपमहानगरपालिका १२ कटेङ्गरस्थित सडकमा ना. १ ह ६६९० नम्बरको अटो सोमबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका १० मटिअर्वा बस्ने ५५ वर्षीय हिरालाल साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




