सर्लाही । सर्लाहीको बागमती नगरपालिका ११ स्थित रायमाझी चोकस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ४ पर्साई टोल बस्ने ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको छ ।
उक्त कारले मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




