सर्लाही । सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती नगरपालिका १२ बस्ने ३२ वर्षीय साने मगर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको बागमती नगरपालिका ४ जिरायत चोकमा बिहिबार दिउँसो करिब १:३० बजे भरततालबाट जिरायततर्फ गइरहेको ना ३ च ९५०० नम्बरको बोलेरो पिकअपले उही दिशामा गइरहेको प्र २–०२–००४ प ३५०८ नम्बरको मोटरसाइकललाई मोड्ने क्रममा ठक्कर दिएको थियो ।
टाउको, छाती र दायाँ खुट्टामा चोट लागेका मगरलाई उपचारका लागि बागमती मोडेल अस्पताल कर्मैया लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि बारास्थित एल एस न्युरो अस्पतालमा रेफर गरिएको थियो, सो अस्पतालमा चिकित्सकले दिउँसो ३:०२ बजे उनलाई मृत घोषित गरेका हुन् ।
प्रहरीले ठक्कर दिने पिकअप गाडी र त्यसका चालक बागमती ४ का ३१ वर्षीय राजु गोलेलाई नियन्त्रणमा लिएको छ । शव अस्पतालमै रहेको र घटना बारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




