सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ४ बाट स्रोत नखुलेको नगद १२ लाख २९ हजार रूपैयाँसहित भारत बिहार सितामढी ग्राम पंचायत सोनवर्सा २ बस्ने २९ वर्षीय धर्मेन्द्र महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ३२८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




