सिराहा । सिराहाको बरियारपट्टी गाउँपालिका २ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित सोही गाउँपालिका ३ बस्ने ४६ वर्षीय दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लु ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




